दफा
अनुपस्थित प्रतिवादी तर्फबाट अरूले प्रमाण पेश गर्न सक्ने विशेष व्यवस्था

(१) कुनै देवानी मुद्दामा दफा ७ बमोजिम जारी भएको इतलायनामाको म्यादमा प्रतिवादीले प्रतिवाद गर्न नसक्ने कुनै विश्वसनीय कारण देखाई निजका एका घरसँगका कुनै हकवालाले सो म्याद भुक्तान भएको मितिले ७ दिनभित्र वादीको दावा खण्डन हुने कुनैप्रमाण पेश गरेमा अदालतले सो प्रमाण समेत बुझी मुद्दाको किनारा गर्नुपर्छ ।
(२) कुनै फौज्दारी मुद्दामा दफा ७ बमोजिम जारी भएको समाव्हानको म्यादमा प्रतिवादी अदालतमा उपस्थित हुन नसक्ने वा प्रतिउत्तर पेश गर्न नसक्ने कुनै विश्वसनीय कारण देखाई कसैले सो म्याद भुक्तान भएको मितिले सात दिन भित्र उजुरीको खण्डन हुने कुनै प्रमाण पेश गरेमा अदालतले सो प्रमाण समेत बुझी मुद्दाको किनारा गर्नु पर्छ ।